प्रधानमन्त्रीले भेट्न नमानेपछि सडकबाटै ज्ञापनपत्र

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग,नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने समय दिन इन्कार गरेपछि आइतबार बिहान हुलाक मार्फत उनको कार्यालयलाई ज्ञापन पत्र पठाएका छन्।

प्रधानमन्त्री रोजगार क्रार्यक्रममा  उनका कार्यकर्ता संरक्षण गर्ने आधार भएकोले सबै युवाहरुलाई समानरुपले रोजगारी तथा बेरोजगार भत्ताको व्यवस्था गर्न आग्रहसहित राष्ट्रियता जनतन्त्रका बिषय समेटेर ६८ बुँदे ज्ञापन पत्र बझाएको पत्रकार सम्मेलनमा बताएका छन्।

विगत लामो समयदेखि लिगले प्रम ओलीको समय माग्दा पनि उनले भेट्ने समय नदिएको भन्दै फागुन १ गते अर्थात जनयुद्ध दिवशको अवसरमा सो पार्टीको कार्यक्रममा पनि सो ज्ञापन पत्र सार्बजनिक गरेका थिए।

आइतबार राजधानीको संवाद डबलीमा ज्ञापन–पत्रको बिषयमा लिगले पत्रकार सम्मलेन गर्दै सो बारे जानकारी गरेको हो।

लिगका अध्यक्ष अमिर महर्जनले प्रधानमन्त्री ओलीले समय नदिएकोप्रति रोष व्यक्त गर्दै माओवादीप्रति अनुद्दार बन्ने ओलीले आफ्नो ब्यबहार नसुधारे सडकबाटै उनलाई गिराउने चेतावनीसमेत दिएका छन्।

प्रधानमन्त्रीको कुर्सीमा बसेर सिमित नेता कार्यकर्ताको सेवक बनेको आरोप लगाउँदै भने,“उहाँका  एस म्यानहरुले भट्न नदिएका हुन या उहाँ आफै पूर्वाग्रह साँधने योजनाले हो, जे होस अब उहाँलाई सडकबाटै ज्ञापन पत्र पठाएका छौं।”
 

प्रकाशित मिति: : 2021-02-14 20:32:00

प्रतिकृया दिनुहोस्