निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

Nepal Aaja

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ।

निगमले आज राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥याएको छ।
     
निगमले आज विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ। 

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ,  डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ भने निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको जनाएको छ। 

प्रकाशित मिति: : 2021-02-10 21:39:00

प्रतिकृया दिनुहोस्