अवैध लागुऔषधको कारोबारमा प्रहरी नायब निरीक्षक (सई) पवन श्रेष्ठ पक्राउ परेका छन्।
सुरक्षा सेवा निर्देशनालयमा कार्यरत श्रेष्ठ केही दिनअघि पक्राउ परेको लागुऔषध कारोबारीसँग कनेक्सन देखिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत माघ ७ गते काठमाडौं लगायत विभिन्न स्थानबाट ब्राउन सुगर, खैरो हेरोइन, एम्फेटामाइनसहित उनी पक्राउ परेका हुन्।
दीपक राई, सन्दीप राई, केसाङ योल्मु, टासी सन्डुप गुरुङसहितका कारोबारीसँग सई श्रेष्ठको सम्पर्क देखिएको थियो।
प्रहरीले सई श्रेष्ठलाई निन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। ‘पक्राउ परेको गिरोहसँग श्रेष्ठको नियमित सम्पर्क देखियो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले बिएल नेपाली सेवासँग भने, ‘सुरुमा हामीले सम्पर्क मात्र होला भन्ने ठानेका थियौ। अनुसन्धान गर्दै जाँदा उनी सेवनकर्ता मात्र हैन कारोबारी समेत रहेछन्।’