काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर

Break n Links
Break n Links

राजधानी काठमाडौँको वायु प्रदूषण सोमबार पनि उच्च रहेको छ। आईक्यू एयरको बिहान साढे ७ बजेको मापनअनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ।

आज हावाको गुणस्तर २३० एक्यूआई रहेको छ। यसलाई अस्वस्थकर मानिन्छ। हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३१ गुणा बढी रहेको छ।

हाल भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ।

त्यसपछि शीर्ष १० स्थानमा क्रमशः भियतनामको हानोई, चीनको बेइजिङ तथा ग्वानझाओ, म्यानमारको यङगुन, चीनको सांघाई, भारतको मुम्बई र चीनको वुहान रहेको छ।

प्रकाशित मिति: : 2025-04-07 08:12:00

प्रतिकृया दिनुहोस्