बिएल संवाददाता
चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ। कामदा एकादशीको व्रत गर्नाले मनुष्यको मनोकामना पूरा हुने विभिन्न पुराण एवं धर्मग्रन्थमा उल्लेख गरिएको सनातन विद्वत् परिषद् नेपालका कार्यसमिति सदस्य पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिए।
“वशिष्ठ ऋषिले राजा दिलीपलाई कामदा एकादशीको माहात्म्य सर्वप्रथम सुनाउनुभएको थियो। यो विषय भगवान् श्रीकृष्णले युधिष्ठिरलाई पनि सुनाउनुभएको प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ”, उनले भने। उनका अनुसार कामदा एकादशी पापरुपी दाउराको भारीलाई डढाउने डढेलोको स्वरुप भएको वर्णन ती ग्रन्थमा गरिएको छ।
रत्नपुर नाम गरेको नगरमा पति ललित गन्धर्व र पत्नी ललिता अप्सरा एकअर्कालाई प्रेम गरेर बसेका थिए। गन्धर्वको समूहमा गानाबजाना गर्ने क्रममा पति ललित पत्नी ललितालाई सम्झेर ताल, लय बिग्रियो।
ललितले गीतको लय बिगारेको कुरा कर्कोटकले पुण्डरीकलाई बताएपछि श्राप दिए। फलस्वरुप ललित राक्षस भएर जङ्गलमा रहन थाले। पत्नी ललिताले थाहा पाएर चैत्र शुक्ल एकादशीमा कामदा एकादशीको विधिपूर्वक व्रत एवं पूजा, आराधना गरी पतिलाई पुरानै अवस्थामा फर्काउन सफल भएको विषय ती ग्रन्थमा उल्लेख गरिएको पण्डित देवकोटाले जानकारी दिए।
मनुष्यले आफ्नो र अर्काको कल्याणका लागि पनि कामदा एकादशीको व्रत गर्नुपर्ने एकादशी माहात्म्यलगायत ग्रन्थमा उल्लेख गरिएको छ। यस व्रतको प्रभावले मनुष्यको ब्रह्महत्या आदि पाप, पिशाचत्व र राक्षसत्व नाश भई त्रिलोकमा इच्छासिद्धि प्राप्त हुने पनि ग्रन्थमा उल्लेख गरिएको उनले बताए।
यो कामदा एकादशीको व्रतको माहात्म्य पढ्नाले वा सुन्नाले मात्रै पनि वाजपेय यज्ञ गरेको पुण्यफल प्राप्त हुने ग्रन्थमा वर्णन गरिएको छ।
याे पनि—
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया