तालिमप्राप्त पत्रकार नहुँदा विकृति/विसंगति जन्मियो: मन्त्री गुरुङ

Photo - Parbat Gurung FB
Photo - Parbat Gurung FB

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले तालिमप्राप्त पत्रकार नहुँदा विकृति/विसंगति जन्मिएको बताएका छन्।

काठमाडौँमा आईतवार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताएका हुन्।

'तालिमप्राप्त पत्रकार नहुँदा विकृति, विसंगति जन्मिएको छ', मन्त्री गुरुङले भने, ‘जबसम्म विरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा पत्रकारहरुले परिवर्तन गर्दैनन्, तबसम्म पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन सकिंदैन।’

मन्त्री गुरुङले पत्रकारिताको गुणस्तरको लागि प्रशिक्षण प्रतिष्ठान खोल्ने कुरा सरकारको नीति–कार्यक्रममा ल्याउने बताएका छन्। पत्रकार प्रेस पासबारे कार्यविधि बनाएर वर्षैपिच्छे नवीकरण गर्ने परम्पराको अन्त्य गर्ने उनले बताएका छन्।

प्रकाशित मिति: : 2021-02-07 15:08:00

प्रतिकृया दिनुहोस्