म्यान्मारको स्वघोषित सैन्य सरकारले सञ्जाल फेसबुक, वाट्सएप, मेसेन्जर र इन्स्टाग्राममा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ। सैन्य कब्जामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलगायतलाई रिहाईको माग गर्दै बर्मेली जनताले सडक आन्दोलन समेत सुरु गरेका छन्।
म्यान्मारमा लगभग साढे एक लाख गोर्खाली (नेपालीभाषी) बसोबास गर्छन्। ४८ वर्ष सैन्य शासनमा बसेको म्यान्मारमा सेना र राजनीतिक दलबीच शक्ति पृथकीकरणको सिद्धान्त अनुसार एक दशकअघि प्रजातान्त्रको अभ्यास सुरु भएको थियो। तर, यसबीच पनि जनताले पूर्ण प्रजातन्त्रको अभ्यास गर्न पाएनन्।
सैन्य शासनका कारण थलिएको म्यान्मारले उस्तै दुःख भोगिरहेको छ। सामाजिक, भौगोलिक, आर्थिक उत्पादन र पर्यटनका लागि राम्रो सम्भावना भए पनि राजनीतिक खिचातानीका कारण यो देशलाई थिचिरहेको छ।
म्यान्मारको सैन्य 'कू'पछिको राजनीतिक संकटले नेपालीभाषी बर्मेलीहरुको अवस्थाका बारेमा ज्ञानबहादुर बगाले 'थापा'को 'भिडियो ब्रिफिङ'