एक लाख चार हजार भारतीय रुपैँयासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा दमक नगरपालिका–९ पाडाजुङ्गीका ३१ वर्षीय अजय बलकोटी रहेका छन्।
शङ्का लागेर चेकजाँच गर्दा भारतीय रुपैयाँ पाँच सय दरका २ सय ८ थानसहित उनलाई मोरङको मटेरुवाबाट आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
आवश्यक कानूनी कारवाहीका लागि उनलाई एकीकृत भन्सार जाँचचौकी विराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर राईले जानकारी दिए।