सरकार ! जुम्लाका बाल विकास केन्द्रमा भ्रष्टाचार भइरहन दिने हो ?

थाहा खबर

काठमाडाै‌ं

जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिकाभित्र समुदायमा आधारित र विद्यालयमा आधारित गरी ३५ वटा बाल विकास केन्द्र सञ्चालनमा छन्। तर, धेरै बालबालिका निजी स्कुलमा अध्ययनरत छन्। बाल विकास केन्द्रका शिक्षिकाहरूले भने निजी स्कुलमा पढिरहेका तिनै बालबालिकाको नाम राखेर, पढाउँदै नपढाई तलब बुझ्ने गरेको पाइएको छ। जसको उदाहरण हो : चन्दननाथ नगरपालिका ६ छिनामा अवस्थित बाबिरा बाल विकास केन्द्र।

यहाँको बाल विकास केन्द्रका शिक्षिका माया थापाले नपढाएरै तलब बुझिरहेकी छिन्‌। 'शिक्षिका थापाले तलब खाई रहेको बाल विकास केन्द्र उनकै घरमै थियो,' स्थानीय प्रेम थापाले भने, 'स्थापना कालको एकाध वर्ष बालबालिका त्यहाँ पढ्न जान्थे, त्यसपछि भने शिक्षिकाले नपढाएरै तलब बुझिरहेकी छिन्‌।'

त्यही वडामा रहेको रादेव बाल विकास केन्द्रको अवस्था पनि उस्तै छ। स्थानीय कर्णबहादुर रोकायाले भने, 'सरकारले गरिब नागरिकका बालबालिकाले शिक्षा पढ्न पाउन भनेर दुई कोठे भवन बनाएको छ, तर त्यो भवनमा बालबालिकाले पढ्न पाएनन,' उनले भने, 'सो भवन पहुँचवालाको मागी खाने भाँडो बन्यो, भवनको अवस्था हेर्दा दु:ख लाग्छ, बालबालिकाको शिक्षा आर्जन गर्ने पवित्र थलो नै सबैको शौचालय बनेको थियो। अहिले घर नभएका मान्छे आएर बस्ने गरेका छन।'

बाबिरा बाल विकास केन्द्रका शिक्षिकालाई सम्पर्क गर्दा उनले आफू उपचार गर्न काठमाडौं पुगेको बताइन। उनले भनिन्‌, 'बिरामी भएर बिदामा आएको छु, यसअघि पढाएकै थिएँ।'

प्रकाशित मिति: : 2021-02-02 09:31:00

प्रतिकृया दिनुहोस्