सामुहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा प्रहरी जवानसहित दुईजना पक्राउ

Breaknlinks
Breaknlinks

रुपन्देहीमा सामुहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवानसहित दुईजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरी हरेका छन्। 

गत कात्तिक २३ गते कञ्चन गाउँपालिका ४ भैसाहीमा कात्तिक २३ गते बेलुका साढे ८ बजे दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि सामुहिक बलात्कार भएको थियो। 

अर्को एक जनाको नग्न फोटो खिचेका थिए। उक्त घट्नामा चारजना विरुद्ध जाहेरी परेको थियाे। त्यसमध्ये दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिए। 

उनीहरुमाथि अनुसन्धान थालिएको एसपी पोखरेलले बताए। 

प्रकाशित मिति: : 2021-01-24 14:40:00

प्रतिकृया दिनुहोस्