स्यालले कुखुरा चोर्न पाउँछ, कुखुराले म चोरिएँ भन्न पाउँदैन!

सेतोपाटी

काठमाडौँ

प्रभाकर गौतम

प्रतिनिधिसभा विघटनसँगै गणतन्त्रको प्वाँख काटिएको छ। यतिबेला गणतन्त्र ल्याउन अहोरात्र खटिने नागरिकहरू प्वाँख काटिएका चराझैं छटपटाएका छन्। तिनैमध्ये एक हुन्, कवि अर्जुन पराजुली। 

पराजुली गणतन्त्र स्थापनाका लागि देशका ५४ जिल्ला डुलेर कविता सुनाउने कवि हुन्। तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुश सत्ताविरूद्ध उनले कविता मार्फत विद्रोहको आगो ओकलेका थिए। राजतन्त्रविरूद्ध जनमत बनाउन उनका कविताको महत्वपूर्ण भूमिका थियो।

गणतन्त्रका अभियन्ता कवि पराजुलीको शब्दमा पछिल्लो प्रतिनिधिसभा विघटन महाप्रतिगमन हो। यही प्रतिगमनको सन्दर्भमा उनले कवितासमेत लेखिसकेका छन्,

प्रतिगमनका छोराछोरीले 

प्रतिगमनलाई प्रतिगमन भन्दैनन्

'बा' भन्छन् 

यो प्रतिगमन उनको नजरमा जनप्रतिनिधिले गरेको घात हो।

प्रकाशित मिति: : 2021-01-13 15:34:00

प्रतिकृया दिनुहोस्