सङ्घीयताको रक्षाका लागि आन्दोलनमा गयौंः पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  दाहाल–-नेपाल समूहद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका उनले आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र सङ्घीयता समाप्त हुने अवस्थामा पुगेका आरोप लगाए । 

संसद् विघटन गर्ने कार्यको विरुद्धमा आफूहरु मन्त्री पदबाट राजीनामा दिइ सडकमा आएको उनको भनाइ थियो ।  

प्रकाशित मिति: : 2021-01-03 13:46:00

प्रतिकृया दिनुहोस्