शेयरबजार बुलिश ट्रेण्डमा अघि बढ्यो, नेप्सेमा नयाँ रेकर्ड

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालको पुँजी बजारले एक महिनाअघिको उच्च अंकको रेकर्डलाई तोडेर फेरि नयाँ उचाइ बनाएको छ।

पछिल्लो समय बुलिस ट्रेन्डमा रहेको शेयर बजारले मंसिर १७ गतेको २०७१.०३ अंकको रेकर्डलाई तोडेर साताको अन्तिम दिन बिहीवार २०८७.२७ बिन्दुको नयाँ रेकर्ड बनाएको हो।

नेप्से मापन गर्ने सूचक २५.२१ अंकले बढेर बिहीबार २०८७. २७ बिन्दुमा रोकिएको छ। २०७ कम्पनीको १ करोड १४ लाख ६४ हजार २०० कित्ता शेयर ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८३७ रुपैयाँमा किनबेच भएको छ।

ठूला कम्पनीको करोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.४० अंकले बढेर ३९८.७० बिन्दुमा रोकिएको छ। कारोबारमा बैंकिङ समूहको उपसूचक ३०.५७, ट्रेडिङ १८७.७३, विकास बैंक १४.३१, जीवन बीमाको उपसूचक १७२.७१ अंकले बढेको छ। 

कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरी रहेको छ। डिस्टिलरीको ४६ करोड ८८ लाख १८ हजार ९१७ रुपैयाँको शेयर किनबेच भएको छ। दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोष रहेको छ। बजारले नयाँ रेकर्ड राख्दा साल्टट्रेडिङको कारोबारमा सकारात्मक सर्किट लागेको छ।

प्रकाशित मिति: : 2020-12-31 15:49:00

प्रतिकृया दिनुहोस्