नेप्से सूचक र कारोबारमा सुधार, हाइड्रोपावरमा बिक्री चाप

बिएल संवाददाता

काठमाडाै‌ं

शेयरबजारमा नेप्से सूचक र कारोबार रकममा समेत सामान्य सूधार देखिएको छ। नेप्से सूचक ५.५७ अंक बढेर २०१२.८९ विन्दुमा पुगेको छ । ठूलो उतारचढाव नदेखिएको बजार अन्तिममा सामान्य अंक बढेर बन्द भएको छ।

२०९ वटा कम्पनीको ८० लाख कित्ता शेयर ४ अर्ब ९ करोड रुपैयाँमा खरिद बिक्री भएको छ। अघिल्लो दिन ४ अर्ब भन्दा थोरैको शेयर कारोबार भएकोमा मंगलबार यस्तो रकम केहि बढेको हो। 

मंगलबार उत्पादनमूलक कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ। यस दिन उक्त उपसमूहको सूचक सबैभन्दा धेरै ४ प्रतिशतले बढेको छ।

यस दिन उत्पादनमूलक समूहका शिवम् सिमेन्टको शेयरमूल्य ५.६७ प्रतिशतले बढेको छ भने हिमालयन डिस्टिलरीको पनि ४ प्रतिशतले बढेको छ।

यता हाइड्रोपावर उपसमूहको सूचक भने सबैभन्दा धेरै १.१८ प्रतिशतले घटेको छ। हाइड्रोपावर कम्पनीहरुमा बिक्री चाप बढ्दा उक्त उपसमूहको सूचक घटेको हो।

यस दिन कारोबारमा आएका १२ वटा उपसमूहमध्ये ४ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

नविल बैंकको सबैभन्दा धेरै ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको २७ करोड ९३ लाख, ग्लोबल आईएमई बैंकको २३ करोड ५० लाख, हिमालयन डिस्टिलरीको २० करोड र नेपाल लाइफको झण्डै १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

नागरिक लगानी कोषको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको पनि ९.९८ प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्सको ७.५० प्रतिशतले बढेको छ।

यता मल्टिपर्पस फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ भने सेन्ट्रल फाइनान्सको ४.०९ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ३.८६ प्रतिशत, युनाइटेड इदी मर्दिको ३.७७ प्रतिशत र राधि हाइड्रोको ३.७७ प्रतिशतले घटेको छ।

प्रकाशित मिति: : 2020-12-29 16:37:00

प्रतिकृया दिनुहोस्