सुदूरपश्चिम प्रदेशका विकासमन्त्री बोहरालाई हटाइयाे

बिएल संवाददाता

काठमाडाै‌ं

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका छन्।

 बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए।

बोहरा सुदूरपश्चिममा प्रधानमन्त्री केपी शर्मा ओली समूहका एक्ला मन्त्री थिए।

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ सालको फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित मिति: : 2020-12-29 11:51:00

प्रतिकृया दिनुहोस्