रसियाका राजदूतले भेटे स्वास्थ्यमन्त्री त्रिपाठीलाई

बिएल संवाददाता

काठमाडाै‌ं

रसियाका राजदूत अलेक्सई ए नोविकोवले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीलाई भेटेका छन्।

साेमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै राजदूतले मन्त्री त्रिपाठीलाई बधाइ दिएका हुन्।

भेटमा नेपाल र रसियाबीच ऐतिहासिक मित्र सम्बन्धलगायत विषयमा कुराकानी भएको त्रिपाठीको सचिवालयले जनाएको छ।

राजदूत नोविकोवले नेपाललाई कोरोनाविरूद्ध लडाइँमा सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए।

प्रकाशित मिति: : 2020-12-28 14:15:00

प्रतिकृया दिनुहोस्