नेप्सेमा उतारचढाव, नेपाल लाइफ एक्लैको डेढ अर्बको कारोबार

बिएल संवाददाता

काठमाडाै‌ं

नेप्सेले बुधबार अहिलेसम्मकै उच्चतम विन्दु २१२७ मा पुगेर फर्किएको छ । यसअघि नेप्से अधिकतम २११७ विन्दुसम्म पुगेर फर्किएमा बुधबार त्योभन्दा १० अंक माथि पुगेर फर्किएको हो । 

नेप्से सूचक ७.०४ विन्दुले बढेर २०६८.४५ विन्दुमा आइपुगेको छ । ६ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २०३ कम्पनीको १ करोड १५ लाख ५८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । वाणिज्य बैंक, जीवन बिमा र म्युचुअल फन्डका सूचक वृद्धि भएका छन् । बाँकी समूह तल झरेका छन् ।

दिन नविल बैंकको शेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ। बैंकले गत सोमबार मात्रै लगानीकर्तालाई ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो सँगै बैंकको शेयरमूल्य लगातार उच्च अंकले बढ्दै आएको छ।

यस्तै बुधबार समृद्धि फाइनान्सको शेयरमूल्य ९.६३ प्रतिशतले बढेको छ भने नेशनल लाइफ इन्स्योरेन्सको ७.२० प्रतिशत, फरवार्ड कम्युनिटि माइक्रोफाइनान्सको ५.४२ प्रतिशत, मेगा बैंकको ४.३३ प्रतिशत र पञ्चकन्या माइ हाइड्रोपावरको ४.१३ प्रतिशतले बढेको छ।
यता नारायणि डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ९.८६ प्रतिशतले घटेको छ भने युनाइटेड इदि मर्दिको ९.८५ प्रतिशत, आरएमडिसि लघुवित्तको ५.८५ प्रतिशत, माउन्टेन हाइड्रोको ५.२१ प्रतिशत र युनाइटेड मोदि हाइड्रोको ५.०६ प्रतिशतले घटेको छ।

बुधबार नेपाल लाइफ इन्स्योरेन्सको मात्रै १ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। एक दिनमा एउटै कम्पनीको १ अर्ब ४३ करोडको कारोबार भएको यो पहिलो रेकर्ड हो।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सको ४५ करोड ५१ लख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनआइएसी एशिया बैंकको ३३ करोड ३ अर्ब, नविल बैंकको २७ करोड ९१ लाख र नेपाल पुनर्बीमा कम्पनीको २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन जीवन बीमा कम्पनी र बैंकको शेयरमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ।

कारोबारमा आएका १२ वटा उपसमूहमध्ये ९ वटा उपसमूहको सूचक नकारात्मक हुदा जीवन बीमा, बैंकिङ्ग र म्युच्अल फण्ड उपसमूहको सूचक सकारात्मक देखिएका छन्। जसमा जीवन बीमा २.९१ प्रतिशत र बैंकिङ उपसमूहको सूचक १.५८ प्रतिशतले सकारात्मक देखिएको हो।

प्रकाशित मिति: : 2020-12-23 16:55:00

प्रतिकृया दिनुहोस्