महानगरीय प्रहरी वृत्त थिमिले बैंकिङ कसुर मुद्दाका वारदात पश्चात फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाँउपालिका २ घर भई हाल मध्यपुरथिमि नगरपालिका वडा नं. ४ बस्ने ४३ वर्षका रामप्रसाद पौडेल रहेका छन् ।
विशेष सरकारी वकिलमार्फत सम्मानित उच्च अदालत पाटनमा पेश भएकोमा रु. ४० लाख धरौटी माग भएकोमा धरौटी बुझाउन नसकेको हुँदा पौडेललाई पुर्पक्षको लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।