नेप्से सूचकमा 'करेक्सन' जारी, जलविद्युत समूह मात्र हरियो

बिएल संवाददाता

काठमाडाै‌ं

शेयरबजारमा अल्पकालीन नाफा बुक गर्नेहरु हावी भएका कारण नेप्से सूचक दबाबमा परेको छ। बजारका जलविद्युतबाहेक सबै समूह बुधबार घटेका छन्। 

नेप्से सूचक बुधबार ३९.६० अंकले घटेर १९५५.७५ विन्दुमा आइपुगेको छ। बजार १.९८% ले घटेको हो। २०१ कम्पनीको ४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

पछिल्ला दिनहरुमा राम्रोसँग बढेको बजारबाट नाफा बुक गर्नेहरु सक्रिय भएका छन्। अरु लगानीकर्ताहरु पनि बजार तल झरेका बेला ‘पर्ख र हेर’को रणनीतिमा लाग्दा समग्र नेप्से सूचक दबाबमा परेको हो। छोटो समयमा बेस्सरी बढेकाले नेप्से सामान्य करेक्सनमा गएको बताइएको छ।

सूचकसँगै खरिदबिक्री रकम पनि औसतमा घटेको छ। केन्द्रीय बैंकको मौद्रिक नीति समीक्षापछि बजार प्रभावित भएको हो। तथापि, केन्द्रीय बैंकका उच्च पदाधिकारीहरुले लगानीकर्ताहरुसँग छलफल नगरी बजारलाई प्रभावित गर्ने खालका नीतिनियम नल्याउने बताएका छन्। 

१० करोड ८ लाख भन्दा बढी कित्ता शेयर कारोबार भएको छ। हाइड्रोपावरबाहेक बाँकी सबै समूहको सूचक घटेको छ। 

नारायणी डेभलपमेन्ट बैंक  र सान्जेन जलविद्युतको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ। सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले ५.५६% ले घटेको छ। खरिदबिक्री रकममा सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको ४२ करोड ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

प्रकाशित मिति: : 2020-12-09 16:18:00

प्रतिकृया दिनुहोस्