प्रदेश २ का मन्त्रीले हाले संघीय सरकारविरुद्ध मुद्धा

बिएल संवाददाता

काठमाडाै‌ं

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्रप्रसाद सोनारले संघिय सरकारविरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी पाउँ भनेर रिट दायर गरेका छन् । 

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश सरकारको अधिकार हनन् र कटौती गरेर संघीयताको मर्म विपरित कार्य गरेको भन्दै रिट दायर गरेको मन्त्री सोनारले जानकारी दिए । 

प्रदेश २ सरकारले संघीय सरकारको शैलीविरुद्ध पटक–पटक असहमति राख्दै आएको छ ।

ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगरेको आरोप प्रदेश सरकारहरुको लगाउँदै आएका छन् ।

प्रकाशित मिति: : 2020-12-03 14:26:00

प्रतिकृया दिनुहोस्