काठमाडौं प्रहरी प्रमुखमा सिंह, ललितपुरमा बज्राचार्य

बिएल संवाददाता

काठमाडाै‌ं

बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहलाई महानगरीय प्रहरी परिसर, काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

प्रहरी प्रधान कार्यालयले हाल प्रमुख रहेका एसएसपी श्यामलाल ज्ञवालीको सरुवा गर्दै सिंहलाई पठाएको हो। 

यता ललितपुर परिसरमा एसएसपी किरण बज्राचार्यको सरुवा गरिएको छ। त्यहाँ टेकप्रसाद राई प्रमुखको जिम्मेवारीमा थिए।

प्रकाशित मिति: : 2020-11-20 13:26:00

प्रतिकृया दिनुहोस्