डा गोविन्द केसीलाई कोरोना संक्रमण

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि हाडजोर्नी विशेष केसीकाे कोरोना परीक्षण गरिएकाे थियाे।

‘रसुवाबाट फर्किनुभएपछि हिजो त्रिशुली हस्पिटलमा स्बाव दिनुभएकाे थियाे। आज नतिजा पोजेटिभ आएको छ ’, डा केसीका सहयोगी प्रितम सुवेदीले बिएल नेपाली सेवालाई भने।

उनका अनुसार केसीलाई श्वासप्रश्वासमा समेत समस्या भएको छ।

उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको सुवेदीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-11-13 19:23:00

प्रतिकृया दिनुहोस्