कोरोना जोखिम भत्ता नपाएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत ७ चिकित्सकले राजीनामा दिएका छन्।
करारमा कार्यरत ७ मेडिकल अधिकृतले तीन महिनादेखिको जोखिम भत्ता नपाएको भन्दै राजीनामा दिएका हुन्।
मेडिकल अधिकृतले काम छाडेपछि उपचार सेवा प्रभावित भएको छ।
आईसीयूको उपचार सेवा सेवा प्रभावित भएको छ।
काम छोडेका मेडिकल अधिकृतहरुले जोखिम भत्ता पाएपछि मात्र काममा फर्कने बताएका छन्।