सांसद दिलेन्द्रप्रसाद बडुलाई कोरोना

नेपाली कांग्रेसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण पुष्टि भएको छ। 

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा जानुपूर्व स्वयं र सामूहिक स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट कार्तिक १६ गते पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

‘हाल म होम आइसोलेशनमा छु,’ नेता बडुले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्पूर्ण दैनिक नित्यकर्म यथावत चलिरहेकै छन। आजसम्म स्वास्थ्यमा कुनै समस्या छैन र भर्चुअल माध्यमबाट आवश्यक मिटिंगहरु तथा जनसम्पर्क पनि पहिलाजस्तै निरन्तर चलिरहेकै छ।’

प्रकाशित मिति: : 2020-11-06 13:00:00

प्रतिकृया दिनुहोस्