भारतीय सेनाध्यक्षकाे भ्रमण अगाडि नेपाललाई १ अर्ब सहयाेग

भारतीय सेनाध्यक्षकाे भ्रमण अगाडि भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुननिर्माण परियोजना कार्यान्वयनका लागि एक अर्ब रुपैयाँ प्रदान गरेको छ।  

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको औपचारिक भ्रमणको अघिल्लो साँझ नेपाललाई एक अर्वको चेक दिएको हो। 

राजदूत क्वात्राले नेपालीमा ट्वट गर्दै यसको जानकारी दिएका हुन्। 

नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले अर्थमन्त्री विष्णु पौडेललाई अनुदानस्वरुप भारतले उपलब्ध गराएको उक्त रकमको चेक आज अर्थ मन्त्रालयमा हस्तान्तरण गरे।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हितका विषयमा विचारविमर्श भएको यहाँस्थित भारतीय राजदूतावासले बताएको छ।  राजदूत क्वात्राले नेपालीमा ट्वट गर्दै यसको जानकारी दिएका हुन्। 

आपसी समृद्धि र प्रगतिका लागि दुई देशबीचको द्विपक्षीय आर्थिक र विकास साझेदारीलाई अझ सुदृढ तुल्याउन मन्त्री पौडेल र राजदूत क्वात्राबीच सकारात्मक छलफल भएको दूतावासले जनाएको छ।

प्रकाशित मिति: : 2020-11-03 22:20:00

प्रतिकृया दिनुहोस्