अन्तत: ट्रम्पलाई मिल्याे न्यायाधीश नियुक्तिमा सफलता, सिनेटले पारित गर्‍याे एमीको नाम

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकाको माथिल्लो सदन सिनेटले सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित न्यायाधीश एमी कोनी ब्यारेटको नाम पारित गरेको छ।

आक्रामक रुपमा सुरु भएकाे सुनुवाई प्रक्रियापछि माथिल्लो सदनले एमीकाे नाम पारित गरेकाे हाे।

सिनेटमा भएको मतदानमा राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनका सिनेटर न्यायाधीश कोनीको पक्षमा मतदान गरे। सिनेटमा उनको पक्षमा ५२ तथा विपक्षमा ४८ मत परेको हो।

एमी कन्जरभेटिभ न्यायाधीश हुन्। रुढीवादीहरुकी प्रिय एमीको नाम सिनेटले अनुमोदन उनले सर्वोच्च अदालतमा हालै ८७ वर्षको उमेरमा निधन भएकी लिबरल न्यायाधीश रुथ बेडर गिन्सबर्गको ठाउँ लिने छिन्। 

ट्रम्पले नियुक्त गर्ने उनी सर्वोच्चको तेस्रो न्यायाधीश हुन्। यसअघि २०१७ मा नील गोर्सच र २०१८ मा ब्रेट काभानाघलाई ट्रम्पले नियुक्त गरेका थिए।

चुनावको मुखैमा आएर ट्रम्पले गत सेप्टेम्बर २६ मा ह्वाइट हाउसमा एक विशेष कार्यक्रम आयाेजना गरेर एमीको नाम प्रस्ताव गरेका थिए। 

ट्रम्पले प्रस्ताव गरेकी न्यायाधीश एमीको मनोनयन राजनीतिक रुपमा विवादास्पद बनेको छ। चुनावको संघारमै आएर खाली भएको न्यायाधीश पदका लागि रिपब्लिकनको नियन्त्रण रहेको सिनेटले अति हतार गरेर सुनुवाई प्रक्रिया थालेकाे थियाे।

रिपब्लीकन पार्टीभित्रै आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनाव अघि न्यायाधीश नियुक्तीको कार्य गर्न नहुने बहस पनि चलेको थियाे किनभने यसअघि तत्कालीन राष्ट्रपति बाराक ओबामाले सन् २०१६ मा न्यायाधीश नियुक्त गर्न खोज्दा चुनावी वर्ष भन्दै रिपब्लीकनको बहुमत रहेको सिनेटले नै उक्त कार्य रोकेको थियो। 

डेमोक्रेट पार्टीले सन् २०१६ मा स्थापित पूर्व मान्यता अहिले पनि कायम राख्नुपर्ने अडान राखेका थिए। तर याे कुरा ट्रम्प मान्न तयार भएनन्।

सिनेटमा सामान्य बहुत रहेका रिपब्लिकनले नोभेम्बर ३ मा हुने चुनाव पूर्व नै सुनुवाई प्रक्रिया पूरा गरेका छन्। राष्ट्रपति चुनावमा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको सामना गर्दै छन्।

सोमबार बेलुका भएको मतदानमा एक मात्र रिपब्लिकन सिनेटर सुजन कोलिन्सले कोनीको विपक्षमा मतदान गरिन्। ४८ वर्षकी न्यायाधीश एमीले लगत्तै सर्वोच्च न्यायाधीशका शपथ राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा लिने तयारी छ।

एमीकाे नाम अनुमोदन भएसँगै सर्वोच्चमा कन्जरभेटिभ न्यायाधीशको संख्या ६ पुगेकाे छ र लिबरल न्यायाधीशको संख्या तीनमा सीमित भएकाे छ। कानून अनुसार सर्वोच्च अदालतका ९ न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन्। 

यस्तो भएमा अमेरिकी संविधानमा महत्वपूर्ण मानिएको न्यायालयमा वैचारिक सन्तुलन आउँदा केही दशकका लागि खलबलिने छ। यस्तै अहिलेको न्यायाधीश नियुक्तिसँगै सर्वोच्चमा कन्जरभेटिभको बाहुल्य स्थापित हुने भन्दै उदारवादीहरुले चिन्ता व्यक्त गरेका छन्। 

उनीहरुले स्वेच्छिक अवकास लिने मात्रै विकल्प छ। सर्वोच्चका न्यायाधीशको फैसलाले बन्दुक, मताधिकार, गर्भपतन, चुनावी अभियानको खर्चसहित सम्पूर्ण सार्वजनिक नीतिमा प्रभाव पार्छ।

अमेरिकी संविधान अनुसार सर्वोच्च अदालतका न्यायाधीशबिचको वैचारिक सन्तुलन महत्वपूर्ण हुन्छ। तर एमीको नियुक्तिसँगै सो सन्तुलन लामो समयका लागि खलबलिएको छ।

न्यायाधीश एमी नियुक्त भएसँगै कुनै पनि राजनीतिक विवादको विषय सर्वोच्चमा पुगे रिपब्लिकनको पक्षमा फैसला हुन सक्ने शंसयमा डेमोक्र्याटहरु रहेका छन्। फैसलाले बन्दुक, मताधिकार, गर्भपतन, चुनावी अभियानको खर्चसहित सम्पूर्ण सार्वजनिक नीतिमा प्रभाव पार्ने निश्चित छ।

प्रकाशित मिति: : 2020-10-27 07:20:00

प्रतिकृया दिनुहोस्