युसुफ याजीसिको ह्याट्रिकमा फ्रेन्च क्लब लिलकाे शानदार जित

युसुफ याजीसिको ह्याट्रिकमा युइएफए युरोपा लिगमा अन्तर्गत बिहीबार राति भएकाे खेलमा फ्रेन्च क्लब लिलले चेक रिपब्लिक क्लब स्पार्टा प्रागमाथि शानदार जित हात पारेकाे छ।

१० खेलाडीमा समेटिएको प्रागविरुद्व लिलले ४–१ को शानदार जित हात पारेको हाे।

स्पार्टा प्रागका लाडिस्लाभ क्रेजेसी २३औँ मिनेटमा सिधैँ रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए थियो। 

४५औँ मिनेटमा युसुफले गोल गर्दै लिललाई अग्रता दिलाए। ४७औँ मिनेटमा घरेलु टोलीका बोरेक डोक्कलले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

तर ६०औँ मिनेटमा युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै लिललाई पुनः २–१ को अग्रता दिलाए। 

६६औँ मिनेटमा जोनाथन इकोनले गोल गर्दै खेल ३–१ को अवस्थामा ल्याए। ७५औँ मिनेटमा युसुफले ह्याट्रिक पुरा गर्दै ४–१ को जित दिलाए।

प्रकाशित मिति: : 2020-10-23 06:39:00

प्रतिकृया दिनुहोस्