कोरोना भाइरसका कारण राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक जना उप–अनुसन्धान निर्देशक (एसपी) को मृत्यु भएको छ ।
रक्तचापसँगै अन्य विभिन्न रोगका कारण तीन वर्षदेखि औषधि सेवन गरिरहेका उनको मृत्यु भएको गुप्तचर स्रोतले जनाएकाे छ।
रिपाेर्ट पोजिटिभ देखिएपछि उनी बागमती प्रदेशस्थित आफ्नो कार्यालयमै सेल्फ आइसोलेसनमा बसेका थिए । उनको श्वासप्रश्वासमा पनि समस्या देखिएको स्राेतले जनाएकाे छ।
हालसम्म राष्ट्रिय अनुसन्धान विभागमा ७० जना कर्मचारीमा संक्रमण देखिइसकेको छ । तीमध्ये ४० जना निको भइसकेकाे स्रोतकाे दावी छ।