राप्रपा अध्यक्ष कमल थापालाई कोरोना पुष्टि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार एक ट्वीट गर्दै उनले उक्त कुराकाे पुष्टि गरेका हुन्।

उनका अनुसार बुधबार सामान्य टाउको दुखेकाले कोरोना परीक्षण गराएकाे थियाे। 

परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिएका छन्।

उनले आफ्नो अवस्था सामान्य रहेको समेत बताएका छन्। 

यसका साथै उनले केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन आग्रह पनि गरेका छन्।

प्रकाशित मिति: : 2020-10-15 20:16:00

प्रतिकृया दिनुहोस्