अर्थमन्त्रीको पहिलो निर्णय : विश्वबैंकबाट २० करोड डलर ऋण लिने

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बिहीबार अर्थ मन्त्रालयमा पदबहाली गरेलगत्तै पहिलो निर्णयमा हस्ताक्ष गरेका छन् ।

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बिहीबार अर्थ मन्त्रालयमा पदबहाली गरेलगत्तै पहिलो निर्णयमा हस्ताक्ष गरेका छन् ।

पौडेलले मन्त्रालयको पदबहाली नै ऋण लिने निर्णयबाट सुरु गरेका छन् । कोरोना भाइरस (कोभिड- १९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि विश्व बैंकबाट २० करोड डलर सहुलियत ऋण लिने निर्णयमा उनले हस्ताक्षर गरेका हुन् ।

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएलगत्तै अर्थ मन्त्रालय पुगेर पौडेलले पदबहाली पदबहाली गरे ।

पदबहालीका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, महालेखा नियन्त्रक मधुकुमार मरासैनी, राजश्व बोर्डका अध्यक्ष महेश दाहाल, भन्सार विभागका महानिर्देशक सुमन दाहाललगायत उपस्थित भए रहेका थिए । त्यस्तै,‌ नवनियुक्त अर्थमन्त्रीलाई बधाइ दिन नेकपाका सांसदहरू पनि मन्त्रालय पुगेका छन् ।

पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीबाट बुधबार अर्थ मन्त्रीमा नियुक्त भएका हुन् ।  

प्रकाशित मिति: : 2020-10-15 14:40:00

प्रतिकृया दिनुहोस्