नेपाल–चीन सीमा जोड्ने बाटोमा भारतीय रक्षामन्त्रीले गरे ४४ पुलको उद्घाटन

नेपाल–चीन सीमा जोड्ने बाटोमा भारतले ४४ वटा पुल निर्माण कार्यलाई तीब्र बनाएको छ। सोमबार मात्र रभारतले सीमा क्षेत्रमा सडक र पुल निर्माणको कामलाई तिब्रता दिएको छ। 

रक्षा मन्त्री राजनाथ सिंहले सोमवार ४४ वटा पुलको उद्घाटन गरेका थिए। यसमध्ये ८ वटा पुल उत्तराखण्ड राज्यअन्तर्गत जौलजिबी–मुनस्यारी र धार्चुला–तवाघाट मार्गमा पर्छ। 

मुनस्यारी सडकले चीनसम्म छुन्छ। तवाघाट सडक भने नेपाल–भारत सीमा क्षेत्र हुँदै लिपुलेकसम्म पुग्छ। 

यसै वर्ष लिपुलेक जोड्ने राष्ट्रिय राजमार्गको रक्षामन्त्री सिंहले अनलाइनमार्फत  उद्घाटन गरेपछि नेपाल–भारत सम्बन्ध बिग्रिएको थियो। सिंहले तवाघाट मार्गमा पर्ने एलागाड पुलको उद्घाटन गरे। 

जौलजीबी–मुनस्यारी सडक खण्डमा सिराली पुल, स्यालधार पुल, चारीगाड पुल, कुलानगाड पुल, तुलागाड पुल, ढुंगातोली पुल, दोबाट पुलको उद्घाटन गरिएको हो भने तवाघाट सडकमा एलागाड पुलको उद्घाटन भएको छ। 

यसको जानकारी रक्षा मन्त्री सिंहले पनि दिएका छन्। उनले ट्वीट गर्दै स्थानीयबासिन्दा र सेनालाई अब आवागमनमा सहज हुने बताएका छन्।

प्रकाशित मिति: : 2020-10-14 15:33:00

प्रतिकृया दिनुहोस्