सांसद शिवाको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य सानु शिवा पहाडीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले दुःख व्यक्त गरेका हुन्।

‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी  सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन् ।

शिवाको बुधबार बिहान काठमाडौको केएमसी अस्पतालमा निधन भएको थियो ।


 

प्रकाशित मिति: : 2020-10-14 13:35:00

प्रतिकृया दिनुहोस्