पूर्वमुख्यमन्त्री महबूबा मुफ्ती ४३६ दिनपछि रिहा भइन्

जम्मु–कश्मीरकी पूर्वमुख्यमन्त्री महबूबा मुफ्तीलाई मंगलबार हिरासतबाट रिहा गरिएको छ। 

पीपुल्स डेमोक्र्याटिक पार्टी प्रमुख तथा पूर्वमुख्यमन्त्री मुफ्तीलाई ४३६ दिनपछि रिहा गरिएको हो।

 पूर्वमुख्यमन्त्री मुफ्ती १ बर्ष २ महिना ९ दिनपछि रिहा भएको जम्मु–कश्मीर प्रशासनका प्रवक्ता रोहित कंसलले जानकारी दिएका छन्। 

उनलाई गत वर्षको अगस्तमा कश्मीर क्षेत्रको धारा ३७० हटाउनु एक दिन अघि हिरासतमा लिइएको थियो।

उनलाई केन्द्र सरकारको आदेशमा नजरबन्द र पछि हिरासतमा राखिएको थियो। 

उनले जम्मू–कश्मीरमाथि दिल्लीले गत वर्षको अगस्ट ५ मा चालेको कदम गैरसंवैधानिक, गैर लोकतान्त्रिक र गैरकानुनी भएको बताएकी छिन्।

‘दिल्ली दरबारले अगस्ट ५ मा गैरसंवैधानिक, गैरलोकतान्त्रिक र गैरकानुनी ढंगले खोसेको हाम्रो अधिकार फिर्ता गर्नुपर्छ। साथै जम्मू–कश्मीरको अधिकारका लागि हजारौं नागरिकले बलिदानी दिएका छन्। जम्मू–कश्मीरको समस्या समाधानका लागि हामीले संघर्ष जारी राख्नुपर्छ। म मान्छु यो बाटो त्यति सहज छैन। तर सबैको हौसला र उद्देश्य एउटै हुने हो भने यो सम्भव छ,’ उनले भनेकी छिन्।

 

 

 

 

प्रकाशित मिति: : 2020-10-14 11:35:00

प्रतिकृया दिनुहोस्