लुम्बिनी प्रदेशका उभामुखसहित सचिवालयका ३५ जनालाई कोरोना संक्रमण

लुम्बिनी प्रदेशका उभामुखसहित सचिवालयका ३५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। 

सभामुख पूर्णबहादुर घर्तीमा कोरोना संक्रमण देखिएपछि आइतबार सचिवालयमा कार्यरत ९५ जनाको स्वाब संकरलन गरी परीक्षणमा पठाइएको थियो। जसमा ३५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हाे।

त्यसमध्ये १० जनाको नतिजा आउन बाँकी छ।

मंगलबार साँझ आएको रिपाेर्ट अनुसार उपसभामुख कृष्णी थारु, सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक लगायतमा संक्रमण देखिएको हो। 

जसमा मर्यादापालक ८ र सुरक्षाकर्मी ७ जना रहेका स्वास्थ्य निरीक्षक डिलाराम भुसालले बताए।

उपसभामुख कृष्णी थारुले भने आफू र आफ्ना कार्यालय सहयोगीमा संक्रमण देखिएपछि भैरहवास्थित निवासको आइसोलेसनमा बसेकी छिन्।

यसअघि असोज १९ र २० गते प्रदेश सभा बैठक बसेको थियो।

त्यसयता सभामुखसहित आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश सभा सदस्य एवं उद्योग पर्यटन, वन तथा वातावरण समिति सभापति दधिराम न्यौपाने, लेखा समिति सभापति डिल्लीबहादुर चौधरीमा कोरोना संक्रमण देखिएको छ।

प्रकाशित मिति: : 2020-10-13 19:49:00

प्रतिकृया दिनुहोस्