मकवानपुरमा थपिए १२५ कोरोना संक्रमित

मकवानपुरमा मंगलबार थप १२५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। 

हेटौंडा १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हो। 

असोज २५ गते संकलन गरिएको २०६ जनाको स्वाब परीक्षण गर्दा १२५ जनामा कोरोना देखा परेको हो। कोरोना पुष्टि भएकामध्ये ४८ महिला र ७७ पुरुष रहेका छन्।

कोरोना संक्रमित १२५ जना मध्ये ११७ जना हेटौंडा उपमहानगपालिकाभित्रका रहेकाे हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंकाले बताए। 

उनका अनुसार वाग्मती गाउँपालिकाका १४, मकवानपुरगढी गाउँपालिकाका १  र हेटौंडा बसोबास गर्ने अन्य जिल्लाका ३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।

चौलागाईंका अनुसार असोज २५ गते संकलन गरिएको २०६ जनाको स्वाब परीक्षण गर्दा १२५ जनामा कोरोना देखा परेको हो। कोरोना पुष्टि भएकामध्ये ४८ महिला र ७७ पुरुष रहेका छन्।

हेटौंडा उपमहानगरका विभिन्न वडाका ५१ जना महिला र ६६ जना पुरुषमा कोरोना पुष्टि भएको हो। वाग्मती गाउँपालिकाका ६ महिला र ८ पुरुष रहेका छन्। मकवानपुरगढी गाउँपालिकाका १ जना महिला र जिल्ला बाहिर ठेगाना भएका ३ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ।
 

प्रकाशित मिति: : 2020-10-13 12:41:00

प्रतिकृया दिनुहोस्