ट्रम्पकाे कोरोना सम्बन्धी भ्रामक ट्वीटमा फेरि चल्याे कैंची !

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई लिएर पुन: भ्रामक ट्वीट गरेका छन्।

कोरोना भायरसलाई नौ दिनमा पराजित गरेर व्हाइट हाउस फर्किएका विश्वका शक्तिशाली राज्य प्रमुख ट्रम्पले आफूलाई अब संक्रमण नहुने अर्थात आफू इम्यून भएको दाबीसहित ट्वीट गरेका थिए।

ट्वीटरले उनको सो ट्वीट भ्रामक भएको भन्दै हाइड (लुकाएको) छ। उनी कहिले कोरोनामुक्त भए भन्ने जानकारी सार्वजनिक गरिएको छैन।

काममा फर्किएका ट्रम्पको कोरोना जाँच नेगेटिभ आएको रिपोर्ट दिन ह्वाइट हाउसले अस्वीकार गरेको छ। ट्रम्पको कोरोनाभाइरसको पछिल्लो जाँच कहिले गरियो भन्ने पनि खुलाइएको छैन।

यद्यपी उपचारमा संलग्न चिकित्सकहरुले भने उनीबाट अब संक्रमण अरुमा नफैलिने बताएका थिए।

ट्रम्पले बुधबार एक भिडियोमार्फत दावी गरेका थिए, उनी रिजेनेरन औषधिको प्रयोगात्मक थेरापीका कारण सञ्चो भएका हुन। यो कम्पनीले केन्द्रीय नियन्त्रक ब्यूरोलाई आकास्मिक प्रयोगका लागि एन्टीबडी उपचारमा यो औषधिलाई अनुमति दिन अपील गरेको छ। 

त्यसपछि ट्रम्पले आफू इम्यून भएकाले अब संक्रमण नहुने र अरुलाई पनि नसर्ने लावीसहित ट्वीट गरेका हुन्। 

ट्रम्पको ट्वीट भ्रामकसँग खतरनाक समेत रहेको भन्दै ट्वीटरले सो ट्वीट नहेर्नु नै जनहिनमा हुने उल्लेख गरेको छ।

प्रकाशित मिति: : 2020-10-12 09:09:00

प्रतिकृया दिनुहोस्