कोरोनापछि ट्रम्प पहिलो पल्ट सार्वजनिक समारोहमा

वासिङ्टन। कोरोना भायरसलाई नौ दिनमा पराजित गरेर व्हाइट हाउस फर्किएका विश्वका शक्तिशाली राज्य प्रमुख डोनाल्ड ट्रम्प शनिबार सार्वजनिक समारोहमा देखा परे। उनले व्हाइट हाउसको बालकनीबाट समर्थकहरूको अभिवादन स्विकार गरेका थिए। 

यतिबेला मिडियालाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘म ठिक छु। मेरो लागि तपाईंहरू सबैलाई प्रार्थना गर्नुभयो। यसका लागि सबैलाई धन्यबाद भन्न चाहन्छु।’

अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिँदै जाँदा ट्रम्पसहित थुप्रैलाई कोरोना संक्रमण भएको थियो। ट्रम्प केही दिन मेरील्याण्डस्थित अस्पतालमा भर्ना भएका थिए। तर, छिट्टै स्वास्थ्य लाभ गरेर उनी व्हाइट हाउस फर्किएका थिए।

प्रकाशित मिति: : 2020-10-11 04:08:00

प्रतिकृया दिनुहोस्