पूर्वीय दर्शनमा आधारित अर्थनीतिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

काठमाडाैं। विश्व हिन्दु युवा संघ र बृहत आध्यात्मिक परिषद्ले राजधानीको मृगस्थलीम गोरक्ष यज्ञ एवम् धार्मिक प्रवचन आयोजना गरेको छ।

हिन्दुत्वको भावना जगृत गर्न उक्त यज्ञ एवम् धार्मिक प्रवचन आयोजना गरिएको हो।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालमा पुर्वीय दर्शनमा आधारित अर्थ नीति लागू गर्न सके समृद्धिको गन्तव्य टाढा नभएको बताए। 

उक्त प्रवचन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्याम घिमिरे, गुठी संस्थानका महानिर्देशक शेष पौडेल, विद्वानहरु बिष्णु दाहाल,शिरोमणि ओझा लगायतले पुर्वीया दर्शन र हिन्दुत्वको बारेमा चर्चा गरेका थिए। 

कार्यक्रमको सभापतित्व विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले गरेका थिए। अध्यक्ष शाहले उक्त कार्यक्रम साप्ताहिक रुपमा हरेक शनिवार सञ्चालन गर्दै आएका छन्।

प्रकाशित मिति: : 2020-10-11 08:07:00

प्रतिकृया दिनुहोस्