कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चित

 नेपाली कांग्रेसको आइतबारलाई निर्धारित केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

अर्को सूचना भएपछि बैठक बस्नेगरी भोलिको बैठक स्थगित गरिएको छ ।

यद्यपी पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) निधनमा आइतबार पार्टी कार्यालय बन्द गरिने भएकाले बैठक स्थगित गरिएको हो।

पार्टीका पूर्वपदाधिकारीको निधन हुँदा एक दिन पार्टीको केन्द्रीय तथा जिल्ला कार्यालय बन्द र तीन दिन झण्डा झुकाउने चलन छ। प्रसाईँको निधन शुक्रबार भएपनि शुक्रबार अफिस बन्द नगरिएकोले आइतबार केन्द्रीय कार्यालय र जिल्ला कार्यालय बन्द गरिने भएको हो । आगमी बैठक कहिले बस्ने भन्ने पनि अनिश्चित बनेको छ ।

स्रोतका अनुसार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको घरमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण भएपछि उनी आइसोलेसनमा बसेका छन्। त्यसैले छलफल कहिले हुन्छ भन्ने टुंगो छैन ।

 यसअघि असोज १९ गतेलाई निर्धारित बैठक केन्द्रीय सदस्य अर्जननरसिंह केसी र गगनथापासहित आमन्त्रित केन्द्रीय सदस्य कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई कोरोना देखिएपछि स्थगित गरिएको थियो ।

महाधिवेशनको कार्यतालिका, भ्रातृ संस्थाहरूको अवधि बढाउने निर्णय अनुमोदन र तत्कालीन राप्रपाका नेता सुनिलबहादुर थापासहित काँग्रेस प्रवेश गर्ने नेताहरूको व्यवस्थापन, संसदको विशेष अधिवेशन माग, सरकारविरुद्ध आन्दोलनको तयारीलगतयका विषयमा छलफल गर्ने काँग्रेसले बैठक बोलाइएको थियो ।

उक्त विषयहरु सहमतिका साथ केन्द्रीय समितिमा एजेण्डागत रुपमा प्रस्तुत गर्ने सभापति शेरबहादुर देउवाले संस्थापन इतर पक्षसँग छलफल गरिरहेका बेला नेताहरुमा कोरोना देखिएपछि त्यो पनि रोकिएको छ ।

प्रकाशित मिति: : 2020-10-10 07:30:00

प्रतिकृया दिनुहोस्