साझाका कोष विभाग प्रमुख र केन्द्रीय सदस्यले छाडे पार्टी

साझा पार्टीका केन्द्रीय सदस्य तथा कोष संकलन विभाग प्रमुख मानवी पौडेल र केन्द्रीय सदस्य सिद्धि अर्याल पार्टीबाट अलग हुने निर्णय गरेका छन्।

उनीहरु पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएकाे घाेषणा गरेका हुन्।

पौडेलले सामाजिक सञ्जाल टि्वटरमा लेखेकी छन्, ‘साझा पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्यबाट अलग हुने निर्णय गरेको छु ।’ यद्यपी पार्टी छाड्नुको कारण भने उनले खुलाएकी छैनन् ।

अर्यालले पनि ट्विटरमार्फत साझा पार्टीलाई शुभकामना दिँदै पार्टीमा नरहेको जानकारी गराएका छन्।

प्रकाशित मिति: : 2020-10-09 12:41:11

प्रतिकृया दिनुहोस्