साझा पार्टीमा थपिए ३७ जना केन्द्रीय सदस्य

साझा पार्टीले केन्द्रीय समिति पुनर्गठन गरेको छ। 

पार्टीका संयोजक रविन्द्र मिश्रले बिहीवार एक विज्ञप्ति जारी गर्दै सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाइएको उल्लेख गरेका छन्।

तीमध्ये १० जना महिला रहेका छन्। गत फागुनमा लुम्बिनीमा भएको राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको थियो।

आफ्नो राजनीतिक तथा संगठनात्मक गतिविधिलाई अझ व्यापक र विस्तारित गर्दै पार्टी निर्माणको अभियानलाई सुदृढ गर्न केन्द्रीय समिति पुनर्गठन गरिएको मिश्रले बताएका छन्।

मिश्रले केन्द्रीय समितिको पुनर्गठन सँगसँगै वैकल्पिक राजनीतिको गुरुत्वशक्ति बनाउने उद्देश्यका साथ समान विचार र उद्देश्य भएका राजनीतिक पार्टी, समूह र अभियानहरुसँग समेत पार्टी एकीकरण र ध्रुवीकरणको प्रक्रिया सुरु गरेको समेत बताएका छन्।

यी हुन् थपिएका केन्द्रीय सदस्यहरु

थपिएका ३७ सदस्यमा महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदिप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी रहेका छन्।

त्यस्तै  दीपक पौडेल, हरि प्रसाद गौतम, अर्जुन प्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशब बहादुर मल्ल, सुशील राज देवकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ, लक्ष्मी शाही, दुज्जी चौधरीलाई केन्द्रीय सदस्य बनाएको छ।

उता, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दिपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरे पनि छन्।

प्रकाशित मिति: : 2020-10-08 15:12:40

प्रतिकृया दिनुहोस्