जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ५ दिनका लागि बन्द

बिएल संवाददाता

सिन्धुपाल्चोक

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट दिइने सबै सेवा बन्द गरिएको छ ।

आज एक सूचना जारी गर्दै प्रशासनले कार्यालयमा कार्यरत कर्मचारीमा नै कोरोना संक्रमण देखिएपछि अत्यावशयक बाहेकका सबै सेवा आगामी २६ गते सम्मका लागि बन्द गरेको जनाएको छ ।

शान्ति सुरक्षा र मुद्दालगायतका काम भने हुने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: : 2020-10-08 09:12:45

प्रतिकृया दिनुहोस्