स्वास्थ्य मन्त्रालयले जारी गर्यो चाडपर्वमा पालना गर्नुपर्ने नियम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल चाडपर्व तथा उत्सवहरू मनाउँदा पालना गन पर्ने जनस्वास्थ्यका मापदण्डहरू जारी गरेको छ। 

नेपालमा आगामी दिनहरूमा प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरूको समय आउँदै गरेकाले कोभिड १९ को जोखिम रहेकाले स्वास्थ्यका दृष्टिकोणले सुरक्षित बनाउँदै मनाउनु पर्ने बाध्यात्मक परिस्थितिलाई ध्यानमा राखि मापदण्ड जारी गरिएको मन्त्रालयले जनाएको छ। 

यो मापदण्ड घरपरिवार र समुदायस्तरमा मनाइने सबै प्रकारका चाडपर्व, जात्रा र उत्सवहरूलाई ध्यानमा जारि गरिएको छ। 

सबै प्रकारका भेटघाटमा अनिवार्य रुपमा दुरी कायम गर्नुपर्ने, माक्सको अनिवार्य प्रयोग गर्नुपर्ने, सार्वजनिक स्थलमा जथाभावी नथुक्नेलगायतका नियम जारी गरिएको छ।

प्रकाशित मिति: : 2020-10-07 16:56:37

प्रतिकृया दिनुहोस्