नेकपा बैठक: मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल नै भएन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकप)को सचिवालय बैठक सकिएको छ।

मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकतका बाँकी काम लगायतका पूर्ववत् एजेण्डामा छलफल गर्न बैठक बोलाइएको थियो। तर, सांगठनिक एकताबारे मात्रै छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

‘बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिबारे छलफल भयो। तर, प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनबारे केही जानकारी गराउनु भएको छैन’ उनले भने ।

असोज ४ गतेको सचिवालयको बैठकले मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डका विषयमा छलफल भएको थियो।

आजको बैठकमा रिक्त रहेको मन्त्रालयका लागि नयाँ मन्त्री बनाउने आश गरिएको थियो।

हाल अर्थ, सूचना तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय रिक्त रहेको छ। ती मन्त्रालयहरुमा नेताहरु विष्णु पौडेल, जनार्दन शर्मा र सुरेन्द्र पाण्डेलाई लैजाने एकखालको सहमति भएको बताइन्छ। तर कसलाई कुन मन्त्रालय दिने कुरा टुङ्गो लागेको छैन।

प्रकाशित मिति: : 2020-10-06 18:47:50

प्रतिकृया दिनुहोस्