सामाजिक सञ्जालको अध्यारो संसार केलाउने सिनेमाः ‘द सोसियल डिलेमा’

समिक्षा

पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगले मानिसमा उदासीनता, चिन्ता, एकाकीपन, आत्म-हानी र आत्मघाती विचारको जोखिम बढेको मनोविश्लेषकले बताएका छन्।

अंग्रेजी सिनेमा ‘द सोसियल डिले’ मा सामाजिक मिडियाको उदय र यसले समाजलाई पार्ने नोक्सानीबारे विभिन्न पाटोमा केलाइएको छ। कथा अनुसार सिनेमाको नाम अति सान्दर्भिक छ- ‘द सोसियल डिलेमा’ अर्थात सामाजिक द्विविधा।

सामाजिक सञ्जालले हाम्रो दिन प्रतिदिन जिवनशैलीमा गहिरो प्रभाव पार्दै वास्ताविकतादेखि भ्रमको जीवन जिउन बाध्य बनाइरहेको छ।

नेटफ्लिक्समार्फत सेप्टेम्बरमा प्रदर्शन गरिएको डकुड्रामा हो-‘द सोसियल डिलेमा’। विभिन्न अन्तर्राष्ट्रिय मिराष्डियामा प्रकाशित भएका फिल्म समिक्षाअनुसार यसले उमेर समूहमा भएको सोसल मिडिया प्रयोगको अत्याधिक वृद्धिको अन्वेषण गर्नुका साथै ठूला ठूला प्राविधिक कम्पनीको समेत पर्दाफास गरेको छ। जो हाम्रो मानसिक र शारीरिक स्वास्थ्यमा सामाजिक मिडियाको नकारात्मक प्रभावको लागि जिम्मेवार ठानेको छ।

सामाजिक सञ्जालमा प्रयोग भएका सबै सामग्री अभिव्यक्ति होईनन्। यसबाट पछिल्लो पुस्ता सोशल मिडियाको कुलतमा चुर्लुम्म डुबिरहेको छ। प्राविधिक कम्पनि जस्तै फेसबुक वा गुगल जस्ता कम्पनीले आर्थिक फाइदाको लागि हाम्रो डाटा गोप्य रुपमा प्रयोग गररहेका छन्। यद्यपि यस डकुड्रामाको कथावस्तु गुगल, फेसबुक, पिन्टेरेस्ट, एप्पल, इत्यादिका पूर्व कर्मचारी र कार्यकारीको अन्तर्वार्तासमेत समेटेर विस्तृतमा प्रस्तुत गरेको  छ ।

यसका  माध्यमबाट हामीलाई यी ठूला भनाउँदा प्राविधिक कम्पनीले हामीमाथि गरेको शोषणलाई पर्दाफास गरेको छ।

यो फिल्म रिलिजसँगै विभिन्न सामाजिक सञ्जालसहित सञ्चार माध्यममा एउटा नयाँ बहस सुरू भएको छ।

फोर्ब्स अनलाइनले सेप्टेम्बरको अन्तिमसम्ममा यो डकुमेन्ट्री नेटफ्लिक्समा सबैभन्दा लोकप्रिय चलचित्र भएकोसमेत पहिलो पटक भएको सार्वजनिक गरिसकेको छ।

विश्वको आधा जनसंख्या अर्थात ४.५७ अर्ब मानिस प्रत्यक्ष रूपमा विभिन्न सामाजिक सञ्जालसँग जोडिएको एक सर्वेक्षणमा ग्लोबल सोसियल रिसर्चले उल्लेख गरेको छ।

त्यसगरी फाइनान्सियल टाइम्सका अनुसार यो फिल्मले ‘बालबालिका र किशोर किशोरीमाझ बढ्दो उदासीनताबारे स्पष्ट व्याख्या गरेको छ।

बिबिसीका अनुसार यो सिनेमाले सामाजिक सञ्जालबाट मानसिक स्वास्थ्यमा परेको असरलाई औंल्याएको छ। यसको सकारात्मक पक्षसँगै बढ्दो प्रयोगले दिर्घकालिन रुपमा मानिसलाई दुःखी र एक्लोपन गराउनसक्नेतर्फ विज्ञहरूले चेतावनीसमेत दिएका छन्।

सामाजिक सञ्जालको बढ्दो प्रयोगले दिन प्रतिदिन मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याउनेतर्फ विज्ञहरूले सचेत गराएका छन्। यसको अत्याधिक प्रयोगले मानसिक स्वास्थ्यका साथै आत्मसम्मान, निद्रा, स्मरणशक्ति तथा एकाग्रतामा समेत असर पारिरहेको छ।

नटिङ्गहाम ट्रेन्ट विश्वविद्यालयको एक अध्ययनका अनुसार यो एउटा लट जस्तै हो। सामाजिक सञ्जालको अत्याधिक प्रयोगले व्यक्तिगत जीवनको उपेक्षा, मानसिक व्याकुलता, उम्कनु , मनस्थिति वदल्नु  र कुलत जस्ता व्यवहारहरु देखा पारेको उल्लेख अध्ययनले निष्कर्ष निकालेको छ।

विभिन्न अध्ययनले ८ घण्टाभन्दा कम सुत्ने मानिसलाई क्यान्सर, मधुमेह वा डिप्रेसनको जोखिम हुने औंल्याएका छन्। त्यसैगरी बढ्दो सामाजिक सञ्जालको प्रयोगले मानिसको मनस्थिति, बानी व्यहोरा, खानपान र सुताइमासमेत नकारात्मक प्रभाव पारिरहेको छ।

‘तिम्रो अनलाइनको हरेक गतिविधि निगरानी भइराखेको, पाइला पछ्याइएको र मापन भईरहेको छ’, ट्वीटरका पूर्व कार्यकारी अधिकृत जेफ सिवर्टले भने।

वृत्तचित्रमा निर्देशक जेफ ओरोलोस्कीले कसरी पर्सुएसिइसन टेक्निकले हाम्रो सोच्ने प्रक्रिया र व्यवहारलाई हेरफेर र शोषण गर्न प्रयोग भइरहेको भन्ने फिल्ममा देखाइएको बताए ।

‘वृत्तचित्रमा कम्पनीहरूले प्रयोगकर्तालाई कसरी प्रभावमा पार्न मनोविज्ञानको प्रयोग गरिरहेछन् भन्ने छलफल गरेको छ,' गुगलका पूर्व कर्मचारी तथा सेन्टर फर ह्युमन ट्क्नोलोजिका सह-संस्थापक ट्रिस्टन ह्यारिसले भने, ‘फिल्मले हाम्रो साझा वास्तविकता बिच्छेदको बारेमा नयाँ साझा वास्तविकता सिर्जना गरेको छ।’

फिल्ममा गुगल, फेसबुक, पिन्टेरेस्ट, ट्विटर र अन्य इन्टरनेटका दिग्गज टेक्नोलोजी हस्तिहरूको अन्तर्वार्तासमेत प्रस्तुत गरिएको छ, जसले फ्रान्कस्टेनिन राक्षसको बारेमा पहिला उनीहरूले सिर्जना गर्न मद्दत पुर्‍याएका थिए ।

यी सबै विज्ञहरूले सामाजिक मिडियाको अर्को पाटोतर्फ संकेत गरेका छन्। उपकरणको प्रयोगबाट मानिससँग जोड्ने उद्देश्य भए पनि बिस्तारै अस्तित्वको खतरामा अग्रसर भइरहेको तर्फ उनीहरू चिन्तित छन्।

साथै यी विज्ञले कसरी सामाजिक मिडिया र विज्ञापनदाता बीचको खेलमा मानवजाति बन्धकी बन्न पुगेको दाबी गरेका छन्।

फिल्ममा एक किशोर कथा देखाइएको छ जसले सामाजिक मिडियाका गलत सूचनाको कारण खरायोको दुलो भित्र जान्छ र उसलाई बिस्तारै कट्टरपन्थी बनाउँछ। उनको आमा  र अन्य परिवारको सदस्यले मोबाइल फोन प्रयोग घटाउन संघर्ष गरिरहेका छन्, जबकि जेठी बहिनीले अनलाइन प्रचारको बिरूद्ध आफ्नो भाइलाई सावधानी अपनाउने प्रयास गर्छिन्। चलचित्रले सामाजिक वयस्कको सामाजिक आत्मसम्मान र मानसिक स्वास्थ्यमा पार्ने प्रभाव पत्ता लगाउँछ।

वृत्तचित्रले सामाजिक मिडियाद्वारा उत्पन्न समस्याबारे सम्वाद गरेको छ। सरकारहरू गिर्नुपर्ने, समाजको अवधारणालाई विघटन गर्ने र हेरफेर र गलत सूचना मार्फत प्रजातन्त्रलाई कमजोर पार्ने सम्भावना छ। फिल्मले कसरी सरकारले सोशल मिडियालाई हतियारको रुपमा प्रयोग गर्न सक्छन् र गलत हातहरूमा परेको खण्डमा हिंसाको लागि शक्तिशाली उपकरण बन्न सक्छ भन्ने खतराको संकेत गरेको छ ।

निर्देशक जेफ ओर्लोस्किले ९३ मिनेट लामो फिल्ममा पूर्व गुगल डिजाइन नीतिशास्त्री ट्रिस्टन ह्यारिस, पूर्व पिन्टेरेस्ट अध्यक्ष टिम केन्डल, गुइलम चसलोट, पूर्व युट्यूव सफ्टवेयर इन्जिनियर, हार्वर्ड विश्वविद्यालयका प्राध्यापक शोशाना, स्ट्यानफोर्ड युनिवर्सिटी एडिक्शन मेडिसिन फेलोशिप कार्यक्रम निर्देशक अन्ना लेम्बे आदिसँगको अन्तर्वार्ता  स्पष्ट रूपमा प्रस्तुत गरिएको छन ।

‘द सोसियल डिलेमा’ जेफ ओरोलोस्कीद्वारा निर्देशित २०२० सुन्डानस फिल्म फेस्टिवलमा प्रीमियर भएको हो र नेटफ्लिक्समा सेप्टेम्बर, २०२० मा रिलीज भएको डकुमेन्ट्री फिल्म हो ।

फिल्मले सामाजिक मिडियाको नकारात्मक प्रभावको पक्ष प्राविधिक रूपमा विस्तृतमा केलाएको छ। तर केही समिक्षकले डिजिटल निर्भरताका लागि समाधानको प्रस्ताव भने नगरेको गुनासो गरेका छन्। आशा गरौं भविश्यमा दर्शकमाझ समाधानको उपायसहितको फिल्म हेर्न पाउनेछौं।

विभिन्न एजेन्सीको सहयोगमा

हेर्नुहोस् सिनेमाको ट्रेलर

प्रकाशित मिति: : 2020-10-04 16:00:00

प्रतिकृया दिनुहोस्