अब डिसहोमको सिनेमाघर इन्टरनेसनलबाट नयाँ हिन्दी फिल्म हेर्न पाइने

नेपालमै पहिलोपटक बलिउड चलचित्र टिभीमा

कोरोना भाइरस (काेभिड–१९) का कारण लकडाउन भएसँगै विगत ७ महिनादेखि नेपाल र भारतका सम्पूर्ण चलचित्र हलहरु बन्द छन्।

सरकारले कोरोना भाइरसको बढ्दो संक्रमण रोक्नका लागि भन्दै बढी भिडभाड हुने स्थान बन्द गरेको थियो, जसको चपेटामा सिनेमा हलहरू परे।

हलहरू बन्द हुँदा लकडाउन अगाडि नै निर्माण भएका चलचित्र पनि रिलिजमा आउन सकेनन्। जसकाे मार निर्मातादेखि कलाकारसम्मलाई पर्‍याे।तर, लकडाउन लम्बिन थालेपछि चुप रहने स्थितिकाे अन्त्य गरेर भारतीय निर्माताले भटाभट चलचित्र ‘डिजिटल’ माध्यमबाट रिलिज गर्न थाले।

हलमा सय करोडभन्दा धेरै कमाइ गर्न सक्ने अक्षय कुमार अभिनित ‘लक्ष्मी बम्ब, अजय देवगण र सञ्जयदत्त अभिनित चलचित्र ‘भुज’, नायिका आलिया भट्ट अभिनित चलचित्र ‘सडक २’, नायक अभिषेक बच्चन अभिनित चलचित्र ‘दि बिग बुल’ लगायतका केही चलचित्रलाई पनि ‘डिजिटल’ माध्यमबाट रिलिज गरियो।

यसमा केही चलचित्रले सफलता पाए भने केहीले असफलता पाए। जे–जस्ताे व्यापार भएपनि अहिले बलिउडमा धेरै आशा गरिएकाे ‘लुटकेस, खुदा हाफिज लगायतका ७ दर्जनभन्दा बढी चलचित्र ‘डिजिटल’ रिलिज हुने तयारीमा छन्।

यसकाे मुल कारण हाे सरकारसँग कहिलेदेखि हल खुलाउने भन्ने कुराकाे ठोस योजना नहुनु। लकडाउ शुरु भएकाे ७ महिना बितिसक्दा पनि नेपाल–भारत सरकारसँग चलचित्र उद्याेगलाई कसरी अगाडि बढाउने भन्ने याेजान छैन। यद्यपी भारतको केन्द्रीय सरकारले बिहीबार अक्टुबर १५ तारिखबाट ५० प्रतिशत अकुपेन्सीमा हल खोल्ने अनुमति दिएको छ।

अनलक–५ गाइडलाइन बुधबार सार्वजनिक गर्दै अक्टुबर १५ तारिखबाट हल खोल्न भारतीय सरकारले अनुमति दिइएको हो।

केन्द्रीय सरकारले सार्वजनिक गरेको एसओपी अनुसार प्रदर्शकले हलको क्षमताको ५० प्रतिशत दर्शक राखेर हल खोल्न पाउनेछन्।

तर, केन्द्रीय सरकारले हल खोल्ने अनुमति दिए पनि महाराष्ट्र सरकारले हल खोल्ने अनुमति दिएको छैन।

भारतका अन्य राज्यमा अक्टुबर १५ बाट चलचित्रहरु रिलिज भए पनि बलिउडको सबैभन्दा ठूलो बजार मानिने महाराष्ट्रमा भने हल खुल्ने छैनन्।

यसैले, ठूलो बजेटका बलिउड चलचित्र रिलिज हुने सम्भावना टरेको छ।

यता नेपाल सरकारले पनि केही दिन अगाडि मात्र हल खुल्ने संकेत दिएको छ। विगत ७ महिनादेखि बन्द हलहरू दशैं अगाडि नै खुल्ने अपेक्षा गरिएको छ। यता चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले पनि यसमा पहल गरिरहेका छन्। चलचित्र निर्माता संघ, चलचित्र संघले पनि हल सुचारु गर्न पहल गरिरहेका छन्।

तर, सरकारले दशैं अगाडि नै हल नखुले के गर्ने? उनीहरुको चिन्ता हो यो। अहिलेसम्म दशैंका लागि भन्दै चलचित्र ‘लक्ष्मी पूजा’ बाहेक अरु चलचित्रको प्रचार भएको छैन। यसैले, विना प्रचार दशैंमा चलचित्र रिलिज गर्न निर्माता तयार नहुने पक्का छ।

त्यसैले केही चलचित्र भने हल खुल्ने प्रतिक्षामा छन्। उनीहरूले, प्रदर्शक र वितरकबाट लगानी सुरक्षित हुने ग्यारेन्टी नभएपछि चलचित्र हतार रिलिज नगर्ने बताइरहेका छन्। बलिउडमा पनि रिलिजका लागि निकै थोरै चलचित्र मात्र तयार छन्। ती, चलचित्र पनि कहिले रिलिज हुन्छन् टुंगो लागेको छैन।

चलचित्र हलहरु बन्द भएपछि धेरै निर्माताले ‘डिजिटल’ प्लेटफर्मबाट चलचित्र रिलिज गर्ने सोच बनाएका छन्। यो क्रम नेपालमा पनि लागू हुँदै आएको छ।

यसैबिच डिस होमले पहिलोपटक बलिउड चलचित्र रिलिज गर्न लागेको छ।

‘पे पर भ्यू’’मार्फत बलिउड चलचित्र रिलिज गर्दै डिस होम

हलहरु बन्द भएपछि डिस होमले नेपालमै पहिलो पटक बलिउडको चलचित्र ‘पे पर भ्यू’’ मार्फत हेर्न पाउने सुविधाकाे शुरूवात गरेको छ।

जसअन्तर्गत डिस होमले असोज १६ गतेबाट बलिउड चलचित्र ‘खाली पीली’ रिलिज गरेको हाे।

ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय चलचित्रहरु रिलिज गर्ने उद्देश्यले डिस होमले सिनेमाघर इन्टरनेशनलमा चलचित्र ‘खाली पीली’ ल्याएको महाप्रबन्धक रमेश सापकोटाले जानकारी दिए।

उनले विश्वको विभिन्न देशमा सफल भएको प्रविधि ‘पे पर भ्यू’ सेवा नेपालमा नै पहिलो पटक डिस होमले सञ्चालन गरिरहेको बताए।

'डिस होमले ‘पे पर भ्यू’ सेवामार्फत न्यूनतम मूल्यमा परिवारसँग घरमै बसेर नयाँनयाँ नेपाली सिनेमा हेर्न व्यवस्था मिलाएका छौँ,’ उनले भने, 'सिनेमाघर च्यानल नं. १०८ ,८८८ र ५५५ हेर्न दैनिक ८ शो हेर्न सकिन्छ।'

उनका अनुसार आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशनअनुसार वा डिस होमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६६०-०१-२२००० मा फोन गरेर अथवाः MOD999 आफ्नो CAS ID हेर्न चाहेको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिस होम विक्रेताकोमा सम्पर्क गरेर समेत न्यूनतम शुल्कमा सिनेमा घर खुलाउन सकिन्छ।

उनका अनुसार दुई वटा च्यानल १०८ र ८८८ मा नयाँ नयाँ नेपाली फिल्महरु प्रशारण गरिरहेको छ। यसअघि ‘छ माया छपक्कै’ र ‘बुलबुल’ प्रशारण गरिएको थियो। यस्तै ‘अन्डरकभर’ बुल्गेरियन सिनेमासमेत लगाएको छ।

यस्तै डिस होमकै १०३ नम्बरमा सिनेमा घर भन्ने च्यानल छ। त्यसमा नयाँ र पुराना गरेर दैनिक ४ वटा फिल्महरु निरन्तर रुपमा निःशुल्क रुपमा देखाइरहेको सापकोटाले जानकारी दिए।

यसबाट लकडाउनको अवधिमा ग्राहकको घरको साथी डिस होम भएको छ। सबै उमेर समूहलाई मिल्ने खालका च्यानलहरु रहेकोले पनि सबैको प्रिय बन्न सफल भएको सापकोटाले बताए।

अबको विकल्प ‘डिजिटल’ प्लेटफर्म’

सापकोटा अब अहिलेको पुरानो शैलीलाई परिवर्तन गरेर ‘डिजिटल’ प्लेटफर्म’मा जानुपर्ने बताउँछन्।

‘कहिले भूकम्पजस्ता प्राकृतिक विपद् त कहिले कोरोना जस्तो महामारी। यस्तो बेलामा हामी चलचित्र हलहरूसम्म जान सक्दैनौं। यसको विकल्प भनेको ‘डिजिटल’ प्लेटफर्म’ नै हो। यसलाई भरपर्दो बनाएका छौं। यसले हामीलाई होइन चलचित्रकर्मी र दर्शकलाई फाइदा पुर्‍याउँछ,’ उनले भने।

उनका अनुसार डिस होमले लकडाउनको अवधिमा घरको सबै उमेर समूहलाई मिल्ने खालका च्यानलहरुबाट चलचित्र रुचाएका छन्।

‘घरमै बसेर आफूले चाहेको समयमा रोजेर चलचित्र हेर्न सकिने ‘डिजिटल’ प्लेटफर्म’ हामीले विकासका गरेका छौं। यसले अब हलहरुमा जानुपर्ने बाध्यतालाई हटाएको छ। साथै समय र आर्थिक बचत पनि हुने भएका कारण डिस होमलाई सबैले रुचाएका छन्,’ सापकोटाले भने।

उनका अनुसार सजिलै पेमेन्ट गरेर चाहेको समयमा दर्शकले चलचित्र हेर्न सक्ने भएका कारणले पनि डिस होम फस्टाइरहेको छ।

अहिले नेपालमा भएका ‘डिजिटल’ प्लेटफर्मको ‘पेमेन्ट गेट वे’ सजिलो र भरपर्दो छैन। तर नेपालको चलचित्र उद्योग सानो भएकाले धेरैभन्दा पनि थोरै र विश्वासयोग्य प्लेटफर्म डिस होम रहेको सापकोटा बताउछन्। 

उनी भन्छन्, ‘ डिस होम सोचे जस्तो राम्रो छ। यसका दर्शक सहर देखि गाउँसम्म छन्। त्यसैले हामी दर्शकको माग बमोजिम नै चलचित्र देखाउने भएका कारण यो विश्वासयोग्य बनेको हो।’

उनले डिस होममा ‘डिजिटल’ भुक्तानी गर्दा डराउनुपर्ने अवस्था नरहेको पनि बताए। ‘नेपालका जुनसुकै ठाउँमा बसेका दर्शकले चाहेको समयमा भुक्तानी गर्न सक्छन्। अरू कुरा भनेको पहिलेको जस्तो रिचार्ज किनेर हाल्नुपर्ने अवस्थाको पनि अन्त्य गरेका छौं। आफूसँग भएको बैङ्किङ कार्ड प्रयोग गरेर सहजै पैसा तिरेर चलचत्रि हेर्न मिल्न सकिन्छ,’ उनले भने।

सिन्डिकेटको अन्त्य गर्दै डिस होम

नेपालको सबै ठाउँमा अत्याधुनिक हल छैनन्। भएका हलहरु पनि सहर केन्द्रीत छन्। नेपालमा भएका मल्टिप्लेक्स हलहरुमा चलचित्र लगाउन ठूलै झमेला व्यहोर्नुपर्छ। जसका कारण चलचित्रहरुको ‘रिलिज डेट’ पछाडि सरिरहेका छन्।

नेपाली चलचित्रको बजार खासगरि चाडबाडको बेला हो। दशैं/तिहार जस्ता ठूलोचाडबाडमा छुट्टि लामो समय मिल्ने भएका कारण पनि चलचित्र चलाउनेहरुको भिड अधिक हुन्छ। तर, बिगतका व्यापारलाई हेरेर हल व्यवसायीहरु चलचित्र रिलिज गर्ने गर्छन्। जसका कारण प्राय: चलचित्रले व्यापार राम्रो गर्न सकेको छैन।

तर, यो समस्या अहिले डिस होमले अन्त्य गरेको सापकोटाले बताउछन्। भेदभावरहित डिस होमले राेजाइमा परेका चलचित्र रिलिज गरिरहेको उनी बताउछन्। ‘अहिले मुख्य समस्या हलको हो। हल नपाएर चलचित्र रिलिज हुन सकेका छैनन्। तर, डिस होममा बिभिन्न शोहरू चलाउन मिल्ने भएका कारण यो समस्या छैन। एकै दिन ८/१० वटा चलचित्र समेत देखाउन मिल्छ,’ सापकोटाले भन्छन्।

यस्तै यो दशैंमा चलचित्रको व्यापार राम्रो हुने भएकाले पनि यो हल नखुलेको खण्डमा प्रदर्शकलाई पनि केही राहत डिस होमले दिने छ।

‘रिलिजका लागि तयार भएका चलचित्रका निर्माता खालि हलमा अहिले नै चलचित्र रिलिज गरेर आफ्नो खुट्टामा बञ्चरो हान्ने सोचमा छैनन्’, उनी भन्छन्,’ चलचित्र प्रदर्शकहरुलाई हल खुलेपनि कसरी र के चलाउने भन्ने समस्या छ, तर डिस होमका आफ्नै ग्राहक भएका कारण यसले लगानी उठाउन मद्दत गर्ने निश्चित छ।’

यसका साथै सुलभ र भरपर्दो ‘पेमेन्ट गेट वे’ तथा युजर फ्रेन्ड्ली ‘डिजिटल’ प्लेटफर्म’ भएका कारण नेपाली चलचित्रका मेकरलाई ठूलो रकम आउने सापकोटाले बताए।

‘अहिले युट्यूबमा नेपाली चलचित्र हेर्नेको संख्या अधिक छ। तर सबै ठाउँमा इन्टरनेट पुग्न सकेको छैन। यसले गरेर सबैठाउँबाट राम्रो आम्दानी हुन्छ चन्ने छैन। डिस होम इन्टरनेट नपुगेको स्थानमा पनि पुगेको हुनाले मेकरलाई लगानीको ठूलो रकम आउने छ,’ उनी भन्छन्।

यसका साथै डिस होमले अहिलेका अहिलेका चलचित्र मेकर र पछि आउनेको भविष्यलाई पनि सुरक्षित गरेको उनले बताए।

‘मेकरका हातमा करोडौं लगानी छ। तर कोरोनाको भयले चलचित्र रिलिज कहिले गर्ने अन्योल अजै कायमै छ। डिस हाेममा प्रयोगकर्ताले सहजै वालेटबाट पैसा तिर्न सक्ने भएकाले त्यसबाट अहिले ओभरसिज मार्केटबाट आउनेभन्दा ठूलो रकम आउँछ। लगानीको ठूलो हिस्सा सुरक्षित हुनु भनेको अर्को चलचित्रका लागि मेकरले राम्रो बजेट खर्च गर्न सक्ने वातावरण सिर्जना हुनु पनि हो,’ सापकोटाले भने।

प्रकाशित मिति: : 2020-10-03 14:42:00

प्रतिकृया दिनुहोस्