कार्यकाल नसकिँदै मुख्यसचिव रेग्मीले दिए राजीनामा

मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्। कार्यकाल सकिन केही दिन बाँकी हुँदा उनले राजीनामा दिएका हुन्।

उनको राजीनामा स्वीकृत भइसकेको छ। अब सचिवहरु शंकरदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी मुख्य सचिव हुने लाइनमा छन्।

आज बसिरहेको मन्त्रिपरिषद् बैठकले मुख्य सचिव नियुक्तिबारे निर्णय गर्नसक्नेछ।

२०२३ सालमा स्याङ्जाको वालिङमा जन्मेका रेग्मी २०५२ सालमा अधिकृत भएका हुन्। ६ वर्ष अधिकृत र ५ वर्ष उपसचिव भएपछि उनी सहसचिव भएका थिए।

सहसचिवका रूपमा उनी आन्तरिक राजस्व कार्यालय क्षेत्र नं १ बबरमहलको प्रमुख भए। अर्थ मन्त्रालयको अनुगमन तथा मूल्यांकन महाशाखामा काम गर्दै उनी महत्वपूर्ण मानिने बजेट तथा कार्यक्रम महाशाखाको प्रमुख पनि भए।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, अर्थ मन्त्रालय र गृह मन्त्रालयको सचिव हुँदै मुख्यचिव भएका थिए।

प्रकाशित मिति: : 2020-10-01 11:04:37

प्रतिकृया दिनुहोस्