पूर्वमन्त्री उमा भारतीलाई पनि कोरोना संक्रमण

पूर्व केन्द्रीय मन्त्री उमा भारती पनि कोरोना संक्रमित भएकी छिन्। उनले शनिबार राती यसको जानकारी दिँदै ट्वीट गरिएकी छिन्। उनले आफ्नो परीक्षण सकारात्मक आएको जानकारी दिइन्। 

उनले भनेकी छिन्, ‘आज पहाडको यात्रा समाप्त भएको अवस्थामा मैले प्रशासनसँग कोरोना परीक्षण गर्न आग्रह गरेकी थिए। मेरो शरीरको तापक्रम सामान्य बढेको थियो। मैले हिमालयको यात्रा गर्दा कोभिडको नियमलाई पूर्ण पालना गरेकी थिए। तर, परीक्षणमा कोरोना रिपोर्ट सकारात्मक देखियो।’

उनी हाल हरिद्धार र ऋषिकेशको बीचमा पर्ने बन्दे मातरम कुञ्जमा क्वारेन्टाइनमा बसेकी छिन् ‘म सबैसँग आग्रह गर्छु, यो बीच मसँग सम्पर्कमा आउनेले आइसोलेसनमा बस्नु होला,’ उनले भनेकी छिन्। 

भारतीय जनता पार्टी (बिजेपी) की नेता उमा भारती प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा पनि मन्त्री थिइन्। उनी अटल बिहारी बाजपेयीको मन्त्रीमण्डलमा पनि समावेश थिइन्।

प्रकाशित मिति: : 2020-09-27 17:19:43

प्रतिकृया दिनुहोस्