यी हुन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेकाे निर्णय

मन्त्रिपरिषद्को आइतबार बसेकाे आकस्मिक बैठकले कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ।

केहि महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत् रहेका भण्डारीलाई नै सो पदमा नियुक्त गरेकाे हाे। 

यसैगरी, नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको छ।

बैठकले इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गरेको हो।

अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रम सम्बम्धी सम्झौता गर्न राजदूत शाक्यलाई अख्तियारी प्रदान गरेको थियो।

प्रकाशित मिति: : 2020-09-27 15:04:19

प्रतिकृया दिनुहोस्