नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुग्याे

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकामा चारसहित ८ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। 

मन्त्रालयका अनुसार काठमाडौंमा २० र ७४ वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै भक्तपुरमा ८८ र ललितपुरमा ७६ वर्षीय पुरुषको मृत्यु भएको छ।

यता, सप्तरीमा ६३, मकवानुरमा ७४, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ।

नेपालमा थप १२ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये महिला ४ सय ११ र पुरुष ७ सय ९६ जनामा संक्रमण देखिएको हो।
 

प्रकाशित मिति: : 2020-09-26 17:47:10

प्रतिकृया दिनुहोस्